संघीय समाजवादी फोरमले समानुपातिकमा पार्टीले पाएका छ जना सांसद टुंग्याएको छ।
आइतबार राति गरिएको निर्णयअनुसार फोरमले ५ महिला र १ पुरुषको नाम निर्वाचन आयोगमा बुझाउन लागेका हो।
फोरमले राजेन्द्र श्रेष्ठ, सरिता गिरी, रेणुका गुरुङ, रेणु यादव, कलुदेवी बिक, रुही राजलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो।
श्रेष्ठ आदिवासी पुरुष कोटामा सिफारिश भएका हुन् भने अरु महिला कोटामा सिफारिश भएका हुन्।
सिफारिश भएका सबै समानुपातिक सूचीको क्लष्टरमा पहिलो नम्बरमा थिए।