प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीन सदस्यीय मन्त्रिपरिषद् बनाएका छन्।
पौडेलले माओवादी र एमालेका १÷१ जनालाई मन्त्री बनाएका हुन्।
माओवादी सांसद शालिकराम जम्मरकट्टेल आन्तरिक मामिला तथा कानुन मन्त्री भएका छन् भने एमाले सांसद केशव स्थापित भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन्।
नवनियुक्त दुबै मन्त्रीले आजै पद तथा गोपनियताको सपथ लिएका छन्।
प्रदेश ३ का अान्तरिक मामिला तथा कानुन मन्त्री माओवादीको मजदुर संगठनका नेता थिए। पहिलो संविधान सभा उनी सदस्य निर्वाचित भएका थिए।
अर्का मन्त्री स्थापित काठमाडौं महानगरपालिकाका पूर्वमेयर हुन्।
यसअघि आजै मुख्यमन्त्री पौडेल पदबहाली गरेका थिए।