नेकपा एमालेको स्थायी समितिको बैठक आकस्मिक रूपमा बसेको छ।
पार्टी एकताका विषयमा अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वार्ता गरिरहेको मानभवनस्थित निजी घरमा बैठक बसेको हो।
बैठकले ओली र प्रचण्डबीच भएको सहमतिलाई अनुमोदन गर्नेछ।
एमाले स्थायी समिति बैठक अघि ओली र प्रचण्डले 'वान टु वान' वार्ता गरेका थिए।
एमाले स्थायी समिति बैठकपछि दुई पार्टी एकता संयोजन समितिको बैठक पनि बस्ने एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।