नेकपा एमाले र माअाेवादी केन्द्रले पार्टी एकताका लागि बनाएको संयोजन समितिको बैठक ललितपुरस्थित मानभवनको एक निजी घरमा सुरु भएको छ।
बैठकमा दुबै दलका अध्यक्षसहित शीर्ष नेताहरू सहभागी छन्।
बैठकले पार्टी एकताका लागि दुई अध्यक्षले गरेको सहमतिलाई अन्तिम रूप दिने बताइएको छ।
यसअघि एमाले र माओवादी दुबैले आफ्नो पार्टीमा सहमतिबारे छलफल गरेका थिए।
एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले केही दिनअघि नै एकतापछि सहअध्यक्ष हुने र आलोपालो प्रधानमन्त्री चलाउने सहमति गरेका थिए।