विभिन्न अदालतमा न्यायाधीश नियुक्ति गर्नेबारे बसेको न्यायपरिषद बैठकले उजुरीमाथि प्रारम्भीक छानविन गर्न सर्वोच्च अदालतका न्यायाधीशलाई जिम्मा दिने निर्णय गरेर उठेको छ।
कानुनमन्त्री यज्ञबहादुर थापाका अनुसार विभिन्न अदालतमा न्यायाधीश नियुक्तिबारे छलफल गर्न बसेको बैठकले न्यायाधीश विरुद्धका उजुरी छानविन गर्न सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रलाई तोकेको हो। न्यायाधीश नियुक्तिबारे छलफल सम्म नभएको पनि उनले बताए।
बुधवार विहान साढे १० बजे बोलाइएको बैठक दिउँसो २ बजे परिषद कार्यालय कुपण्डोलमा बसेको थियो।
'एकजना परिषद सदस्य उपस्थित नभएकाले न्यायाधीश नियुक्ति हुन सकेन। उजुरी हेर्नका लागि न्यायाधीश मिश्रलाई तोक्ने लगायतका सामान्य प्रशासनिक निर्णय गरेर बैठक सकियो।' मन्त्री थापाले भने।