बुधबार अपरान्ह मन्त्रिपरिषद् बैठक बस्दैछ। केहीबेरमा बालुवाटारमा बस्न लागेको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सम्भवतः अन्तिम हुनेछ।
‘आज निर्वाचन आयोगले अन्तिम परिणाम बुँझाउँछ होला, त्यसैले सम्भवतः यो अन्तिम बैठक हो,’ कनुन मन्त्री यज्ञबहादुर थापाले भने।
उपप्रधान तथा उर्जा मन्त्री कमल थापा आजै मन्त्रालयबाट बिदाइ भइसकेका छन्।
मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री देउवाले आजै देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ।
स्रोतका अनुसार निर्वाचन आयोगले राष्ट्रपति प्रतिनिधि सभाको मतपरिणाम बुझाएसँगै देउवाले आफ्नो सरकारले गरेका कामहरु समेटेर देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्।
देउवा गत जेठ २३ गते चौथो पटक प्रधानमन्त्री नियुक्त भएका थिए। देउवा सरकारले तेस्रो चरणको स्थानीय तह, प्रदेश, प्रतिनिधि सभा र राष्ट्रिय सभाको चुनाव सम्पन्न गरेको थियो।
पछिल्लो समय कामचलाउ भइसकेको सरकारले जनमत पाएको जसरी निर्णय गरेको भन्दै देउवाको आलोचना भएको थियो।