प्रधानमन्त्री शेरबहादुर देउवाले केहीबेरमा राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने भएका छन्।
सवा १० बजे बालुवाटारबाट राष्ट्रका नाममा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको उनका प्रेस विज्ञ गोविन्द परियारले जानकारी दिए।
https://twitter.com/gpariyar/status/963989040537071616
देउवाको सम्बोधनमा उनको कार्यकालमा भएका काम समावेश छन्। यसै सम्बोधनमार्फत् देउवाले राजीनामा पनि घोषणा गर्ने छन्।
चुनावपछि सरकार स्वतः कामचलाउ हुने र राजीनामा दिइरहनु नपर्ने कतिपयको तर्क छ।
शेरबहादुर देउवा गत जेठ २३ गते चौथो पटक प्रधानमन्त्री नियुक्त भएका थिए।