नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। योसँगै ओली दोस्रो पटक प्रधानमन्त्री बनेका छन्। यसअघि उनी २०७२ असोजमा प्रधानमन्त्री नियुक्त भएका थिए।
यसअघी ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र माओवादीले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए।
यसैबीच नवनियुक्त प्रधानमन्त्री केपी ओलीले बिहीबार नै सानो आकारको मन्त्रिपरिषद पनि गठन गर्ने सम्भावना छ। ओलीलाई संसदीय दलको नेतामा नियुक्त गर्न एमाले संसदीय दलको पहिलो बैठक अहिले पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको छ। यसअघि बुधबार बसेको एमाले स्थायी कमिटी बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति