नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट प्रदेश नम्बर ७ को मुख्यमन्त्री नियुक्त भएका छन्।
प्रदेश प्रमुख मोहनप्रकाश मल्लले भट्टलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।
डोटीको (ख) बाट निर्वाचित भट्टले बुधबार मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। एमाले र माओवादीको भागबन्डाअनुसार प्रदेश सातमा एमालेले भट्टलाई मुख्यमन्त्रीमा समर्थन गरेको छ।
भट्टले ५ गते सपथ लिने कार्यक्रम छ।