नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद तथा गोपनियताको सपथ लिएका छन्।
विहिबार अपरान्ह राष्ट्रपति भवन सितल निवासमा एक विशेष समारोहकाबीच राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनियताको सपथ गराइन्। राष्ट्रपति भण्डारीले बिहिबार बिहानै नेकपा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। प्रधानमन्त्री ओलीले जनताका नाममा सपथ लिए।
सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधिश गोपालप्रसाद पराजुली, पूर्व प्रधानमन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरु लगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु सहभागी भएका थिए ।
त्यस अवसरमा नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सलामी समेत अर्पण गरेको थियो । एमाले र माओवादी केन्द्रको समर्थनमा ओली मुलुकको ४१ औं प्रधानमन्त्री बनेका हुन्। नवनियुक्त प्रधानमन्त्री ओलीले यसअघि २०७२ सालमा पनि नौं महिना प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।