निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोडेका छन्।
आज दिउँसो १ बजेको साइतमा देउवाले बालुवाटार छोडेको उनका प्रेस विज्ञ गोविन्द परियारले जानकारी दिए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबारनै नयाँ प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले बालुवाटार छोडेर बुढानिलकण्ठस्थित निजी निवास सरेका हुन्।
गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बस्दै आएका थिए।