अधिवक्ता दीपेन्द्र झा प्रदेश नम्बर २ को मुख्यन्यायाधीवक्ता नियुक्त भएका छन्।
मुख्यमन्त्री लालबाबु राउतले झालाई मुख्यन्यायाधीवक्ता नियुक्त गरेका हुन्। उनले आजै जनकपुरमा सपथ लिँदै छन्।
१० वर्षदेखि सर्वोच्च अदालतमा वकालत गरिरहेका झाले थाइल्याण्ड र बेलायतका दुई विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेका छन्।
झाको मानव अधिकार र संवैधानिक कानुनमा विज्ञता छ। मुख्य न्यायाधीवक्ता मुख्यमन्त्रीको कानुनी सल्लाहकारका रूपमा रहन्छन्।