केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को दोस्रो बैठक आज बस्ने भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेका लागि डाकिएको छ।
यसअघि बिहीबार प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि ओली मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो।
मन्त्रिपरिषद् अहिले तीन सदस्यीय छ। प्रधानमन्त्री ओलीसँगै लालबाबु पण्डितले जनसंख्या तथा वातावरण र थममाया थापाले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको पदभार सम्हालेका छन्।