नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
झन्डै दुई घन्टादेखि जारी बैठकको बीचमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि बालुवाटार पुगेका छन्।
यादव एमाले नेता अग्नि खरेलको गाडीमा बालुवाटार आएका थिए। उनले बालुवाटारमा झन्डै ४० मिनेट बिताएका थिए।
यादवसँग वाम गठबन्धनका नेताहरुले सरकार गठनका विषयमा छलफल गरेको बताइएको छ। तर दुबै पक्षले यसबारेमा आधिकारिक कुरा सार्वजनिक गरेका छैनन्।
खरेलको गाडीमा आएका यादव उनैको गाडीमा बालुवाटारबाट फर्किएका छन्।