राष्ट्रपति विद्यादेवी भण्डारीले तीन जना राष्ट्रिय सभा सदस्य मनोनित गरेकी छन्।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले युवराज खतिवडा, रामनारायण विडारी र विमला पौड्याल राईलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
आजै बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यमा तीन जनाको नाम सिफारिश गरेको थियो।
यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न सिफारिश गरेको थियो।
देउवा सरकारको सिफारिशमा राष्ट्रपति कार्यालयले स्वीकृत गरेको थिएन।
दुई दिनअघि केपी शर्मा ओली नेतृत्वको सरकारले देउवाले सिफारिश गरेका नाम फिर्ता गर्ने निर्णय गरेको थियो।