नेपाली कांग्रेसले आज संसदीय दलको परिमार्जित विधान अनुमोदन गर्ने भएको छ।
पार्टी कार्यालय सानेपा बस्ने केन्द्रीय समिति बैठकले संसदीय दल र केन्द्रीय कार्यसम्पादन समितिले शनिबार तयार पारेको मस्यौदा अनुमोदन गर्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
संसदीय दलको विधानमा परिमार्जन गरेर एक तिहाइ महिला अनिवार्य गर्नेलगयातका विषय समावेश गरिएको छ।
शर्माका अनुसार आजको बैठकले संसदीय दलको नेता छान्ने प्रक्रियाका लागि एउटा समिति पनि बनाउने छ।
चुनावमा पार्टी पराजयका विषयमा भने आज छलफल हुने सम्भावना नरहेको शर्माले बताए।
यसअघि शनिबार कांग्रेस संसदीय दल र केन्द्रीय कार्यसम्पादन समितिको संयुक्त बैठक सिंहदरबारमा बसेको थियो।