प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ११ बुदेँ प्रतिबद्धता सार्वजनिक गरेका छन्। जनकपुरधाममा पत्रकार सम्मेलन गरेर राउतले भ्रट्राचार विरुद्ध शुन्य सहनशिलता जनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
उनले प्रदेश २ का सरकारी कर्मचारीले सेवाग्राहीको काम २४ घण्टामा गरिसक्नुपर्ने समयसिमा समेत तय गरेका छन्। सेवा दिन नसके कर्मचारीले न्यायोचित कारण सेवाग्राहीलाई दिनुपर्ने उनको प्रतिबद्धतामा उल्लेख छ।
एघार बुदेँ प्रतिबद्धता विद्युतिय माध्यमबाट पनि गुनासाहरु मुख्यमन्त्री कार्यालयमा टिपाउन सकिने व्यवस्था गरिने उल्लेख छ। त्यस्तै जनतासँग मुख्यमन्त्री कार्यक्रम छिट्टै सञ्चालन गर्ने घोषणा गरेका छन्।
उनले जनताका गुनासा सुन्न टोल, गाउँ र नगरमा पुग्ने घोषणा समेत गरेका छन्।