संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता जारी छ।
मन्त्रिपरिषद् विस्तार गर्ने गरि अन्तिम चरणको छलफल भइरहेका बेला एमाले र माओवादीले फोरमलाई पनि छलफलमा सहभागी गराएका हुन्। फोरमलाई सरकारमा सहभागी गराउन वाम गठबन्धनले सुरूवातदेखि नै पहल गर्दे आएको थियो। तर, संविधान संशोधनका विषयमा फोरमले समझदारी हुनुपर्ने बताउँदै आएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजै माओवादी मन्त्रीहरूलाई समेत राखेर सरकार विस्तार गर्दैछन्। एमाले र माओवादीले मन्त्री बन्नेहरूको सूची समेत लगभग टुङ्गो लगाइसकेका छन्।
यसअघि फागुन ७ गते एमाले र माओवादीबीच एकताको छलफल चलिरहँदा उपेन्द्र यादव अग्नि खरेलको गाडीमा सुटुक्क बालुवाटार पुगेका थिए।
छलफलमा नेकपा एमालेका नेता माधवकुमार नेपाल समेत सहभागी हुँदैछन्।