गृहमन्त्रीको पदभार ग्रहण गरेको तेस्रो दिन गृहमन्त्री रामबहादुर थापा 'बादल' प्रहरी प्रधान कार्यालय नक्साल पुगेर निरिक्षण गरेका छन्।
निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री थापाले प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरे।
प्रदेश प्रहरी ऐन तथा क्षेत्राधिकारका साथै पदोन्नती, साधनस्रोतको अभाव लगायतका समस्या रहेको चर्चा गर्दै गृहमन्त्री थापाले प्रहरीमा नयाँ ऐनको व्यवस्था, भौतिक साधनस्रोत सम्पन्न बनाउनेतर्फ ठोस योजना सहित मन्त्रालयले काम गर्ने बताए।
नेपाल प्रहरीलाई विश्वकै रोलमोडल बनाउन सकिने उल्लेख गर्दै गृहमन्त्री थापाले यसका लागि नयाँ योजना र नयाँ संरचनाको बिकासकासाथ अगाडि बढनुपर्ने बताऐ ।
इतिहासले दिएको नयाँ चुनौतीमाथि सफलता हासिल गर्न सबैको साथ, सहयोग र समन्वय आवश्यक रहने उनले विश्वास व्यक्त गरे।