सरकार विस्तार लगायतका विषयमा छलफल गर्न नेकपा एमाले र माओवादी केन्द्रको बैठक बसेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरु सहभागी छन्।
बैठकमा संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने विषयमा थप छलफल हुने बताएको छ।
दुबै दलले आज फोरमसँग पनि छलफल गर्ने सम्भावना छ।