नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई ७० दिनभित्र जिल्ला अदालत भोजपुरमा हाजिर हुन भन्दै कपिलवस्तु प्रहरीले सूचना टाँसेको छ।
पटकपटक भएका बिष्फोटन र कर्तव्य ज्यानको अभियोगमा भोजपुर जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा परेको छ।
मुद्दा भोजपुर परे पनि उनले कपिलवस्तुको शिवराज नगरपालिका– ९ शिवगढी स्थायी र नागरिकता प्रमाणपत्र समेत पाएको प्रमाणका आधारमा अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले उनको घरमा म्याद तामेली टाँसेको कपिलवस्तुका प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले बताए।
सूचना टाँस भएपछि नेत्रविक्रम चन्द विप्लव ७० दिनभित्र अदालतमा उपस्थित हुनु पर्नेछ।
प्रहरीले उनलाई पक्राउ गर्न देशैभरि सर्कुलर पनि जारी गरेको छ।