संघीय समाजवादी फोरमको सरकारमा सहभागिताबारे टुंगो लगाउन तीन दलका नेताको बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नेकपा एमाले, माओवादी केन्द्र र फोरमका शीर्ष नेताहरुको बैठक बसेको हो।
बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, फोरम अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सहभागी छन्।
बैठकले फोरम सरकारमा सहभागी हुने सहमति पत्रमा हस्ताक्षर गर्ने बताइएको छ।
यसअघि मंगलबार सहमति पत्रको खाका तयार भएको थियो। सत्तारुढ दुई दलले फोरमलाई परराष्ट्र मन्त्रालयसहित सरकारमा आउन प्रस्ताव गरेका छन्।
फोरमसँगको छलफल अघि एमाले र माओवादी नेताहरुको बैठक बसेको थियो।