संघीय समाजवादी फोरमलाई सरकारमा सहभागी गराउने विषय टुंगो लगाउन प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज साँझ बसेको तीन दलको बैठक विना निष्कर्ष सकिएको छ।
एमाले-माओवादी र फोरमबीचको बैठक विहिबार विहान ९ बजे फेरि बस्ने गरि सकिएको एमाले नेता प्रदिप ज्ञावलीले बताए। उनका अनुसार, आजको बैठकमा फोरमलाई सरकारमा कसरी सहभागी गराउनेबारे छलफल भएको थियो। संविधान संसोधनका विषयमा पनि बैठकमा छलफल चलिरहेको छ।
बैठकबाट बाहिरिँदै प्रधानमन्त्री केपी ओलीले पनि 'कुरा चल्दै गरेको' बताए।
फोरमका अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी हुने सहमति दुई दिन अघि नै जुटेको थियो। यादवले आफ्नो पार्टीलाई परराष्ट्रमन्त्रालय र अर्को एक मन्त्रालय दिनुपर्ने माग गरेका छन्।
यसअघि, संविधान संशोधनबारे ‘आपसी छलफलद्वारा सहमति कायम गरी आवश्यक संविधान संशोधन गर्न सकिने छ’ भन्ने वाक्य लेख्न एमाले, माओवादी र फोरम सहमत भएका थिए।