प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउने बताएका छन्।
शुक्रबार शिक्षण अस्पताल महाराजगञ्जमा मनमोहन सेन्टर एनेक्स भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले हरेक तहका व्यक्तिले आफूभन्दा तल्लो तहका व्यक्तिको नजरमा गिर्ने काम नगरे भ्रष्टाचार स्वतः अन्त्य हुने बताए।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले कागजी रूपमा मात्र नभई जनताले अनुभूत गरर्ने गरी काम गर्ने बताए।
‘सरकारका हरेक कदम सुधारका लागि, विकासका लागि र जनताका हितका लागि हुनेछन्’, प्रधानमन्त्री ओलीले भने,‘हामीले समृद्धि प्राप्त ग¥यौँ भनेर मात्र हुँदैन ।’ प्रधानमन्त्री ओलीको भनाइ छ ‘जनताको जीवन स्तरबाट यस कुराको पुष्टि हुनुपर्छ।’
प्रधानमन्त्री ओलीले कोही पनि नेपाली भोकै मर्न पर्ने अवस्थाको अब अन्त्य हुने भन्दै केही वर्षभित्र नेपाल अल्पविकशित देशको सूचीबाट विकसित देशमा पुग्ने दाबी गरे।
प्रधानमन्त्री ओलीले स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा दिन आग्रह गरे।
‘मेडिकल कलेज सञ्चालनमा गुणस्तरियता आवश्यक छ’, प्रधानमन्त्री ओलीले भने ‘चिकित्सकको क्षमताको गुणस्तरीयता र भौतिक गुणस्तरियता दुवै आवश्यक छ।’