सर्वोच्च अदालतले आज सबै इजलासमा पत्रकार प्रवेश रोक लगाएको छ।
राष्ट्रिय सभा सदस्यको मनोनयन, कान्तिपुर दैनिकविरुद्धको अवहेलना मुद्दामा आज सुनुवाइ हुँदैछ।
सर्वोच्च अदालत प्रशासनले इजलासका पत्रकारलाई लगाइएको रोकको आधिकारिक कारण खुलाएको छैन। अदालत परिसरमा खटिएका सुरक्षाकर्मीले माथिको आदेश भन्दै पत्रकारलाई इजलास प्रवेशमा रोक लगाएका छन्।
यसअघिसर्वोच्च अदालतले दिएको विशेष पास देखाएर इजलासमा जान पाइन्थ्यो।