संघीय समाजवादी फोरम सरकारमा सहभागी हुनेबारे अहिले वार्ता जारी छ।
बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फोरम अध्यक्ष उपेन्द्र यादवबीच मन्त्रालय बाँडफाँट लगायत विषयमा छलफल भइरहेको छ।
आजै फोरमसँगको सहमतिमा हस्ताक्षर हुने सम्भावना छ।
फोरमसँग हुने दुई बुँदे सहमतिको मस्यौदा यसअघि नै तयार भइसकेको नेताहरुले बताएका छन्।