अदालतको अवहेलना गरेको भन्दै कान्तिपुर दैनिकविरुद्ध परेको मुद्दामा भोलि फेरि बयान हुने भएको छ।
सो मुद्दामा आज कान्तिपुर मिडिया ग्रुपकी निर्देशक स्वस्तिका सिरोहियाले बयान दिएकी छन्।
ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा र संवाददाता कृष्ण ज्ञवालीले भोलि बयान दिने छन्।
प्रधानन्यायाधीश गोपाल पराजुलीका बारेमा समाचार लेखेको भन्दै कान्तिपुरविरुद्ध अवहेलना मुद्दा परेको हो।
यो मुद्दामा आज न्यायाधीशद्व डम्बरबहादुर शाही र बमकुमार श्रेष्ठको इजलासमा बयान भएको थियो।
थप बयानका लागि कान्तिपुरलाई सोमबार बिहान १० बजे डाकिएको छ।