पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासीको सोमबार ३ बजे नेपाल आइपुग्ने भएका छन्।
अब्बासीको दुई दिने औपचारिक भ्रमणबारे परराष्ट्र मन्त्रालयले आइतबारमात्र जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार अब्बासीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने छन्।
एमाले नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन अब्बासी नेपाल आउन लागेको बताएका छन्।
प्रधानमन्त्री ओलीले अब्बासीको सम्मानमा सोमबार रात्रीभोज दिनेछन्।
अब्बासी मंगलबार स्वदेश फर्कने कार्यक्रम छ।
फागुन ३ मा प्रधानमन्त्री नियुक्त भएका ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमार्फत् र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन्देशमार्फत बधाई दिएका थिए।
यसअघि कुनै देशका प्रधानमन्त्री भेटेरै बधाई दिन आएका थिएनन्।