नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह भिड्ने भएका छन्।
आइतबार साँझ देउवा र सिंहले संसदीय दलको नेताका लागि उम्मेदवारी दिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए।
‘अहिलेसम्म दुई जनाको उम्मेदवारी परेको छ,’ रिजालले भने।
कांग्रेस संसदीय दलको नेताका लागि सोमबार बिहान मतदान हुने कार्यक्रम छ।
सिंह नेता रामचन्द्र पौडेल पक्षका हुन्। संसदीय दलमा देउवा पक्षको बहुमत छ।