संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुनेबारे आज भएको छलफल पनि टुंगोमा पुग्न सकेन।
बिहान ११ बजे बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो।
समय कम भएको भन्दै प्रतिनिधि सभाको सपथपछि फेरि बस्ने भन्दै छलफल सकिएको थियो।
अपरान्ह संसद भवन बानेश्वरमा सपथपछि प्रधानमन्त्रीको चेम्बरमा तीन नेताबीच फेरि छलफल भएको थियो। झन्डै आधा घन्टा भएको छलफल पनि कुरा टुंगिएन। एक एमाले नेताका अनुसार फेरि भोलि बिहान ११ बजे छलफल हुनेछ।
सरकारमा सहभागिताका लागि यादवले तीन मन्त्रालय मागेका छन्।
पछिल्ला छलफलमा उनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखका विषय पनि टुंग्याउनु पर्ने बताएको ती नेताले जानकारी दिए।