टिकापुर घटनाका मुख्य आरोपी रेशमलाल चौधरीसहित २४ जना बन्दी कारागारभित्रै अनशनमा बसेका छन्।
कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निवार्चित चौधरीसहित टीकापुर घटनालगत्तै प्रहरी पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका २४ जना विभिन्न माग राख्दै आईतबार साँझदेखि अनशनमा बसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराले जानकारी दिएका छन्।
उनीहरुले प्रतिनिधि सभामा विजयी चौधरीलाई निवार्चित भएको प्रमाणपत्र दिइनुपर्ने, संसदमा शपथ खान पाउनुपर्ने, टिकापुर घटनाका आरोपी २६ जनालाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने र थरुहट संघर्ष समितिले राखेका माग पुरा गर्नुपर्ने लगायतका माग राखी अनशनमा बसेको प्रवक्ता बोहराले बताए।
अनशनमा बसेका सबै बन्दी टीकापुर घटनाका आरोपित हुन्।
घटना भएको झण्डै ३० महिनापछि गएको १४ गते कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका टीकापुर घटनाका मुख्य आरोपी चौधरी घटनालगत्तै फरार भएका थिए।