नेपाली कांग्रेस संसदीय दलको नेता छान्न अहिले मतदान भैरहेको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा १० बजेदेखि मतदान सुरू भएको हो। मतदान १ बजेसम्म चल्नेछ।
संसदीय दलको नेताका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह प्रतिस्पर्धामा छन्। कांग्रेसमा संसदीय दलको नेतामा सर्वसम्मत प्रयास असफल भएको थियो।
मतदान लगत्तै मतगणना गर्ने तयारी भैरहेको निर्वाचन समिति संयोजक चिनकाजी श्रेष्ठले जानकारी दिए। देउवा र सिंहले मतदान गरिसकेका छन्। मतदानपछि दुवैले हात मिलाएर सौहार्द प्रतिस्पर्धाको 'म्यासेज' दिन खोजेका थिए।
[caption id="attachment_138298" align="alignnone" width="720"]
मतदान गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा। फोटो : युपी लामिछानेको फेसबुकबाट।[/caption]
[caption id="attachment_138299" align="alignnone" width="720"]
संसदीय दलको नेता छान्न जारी निर्वाचनका क्रममा मतदान गर्दै प्रकाशमान सिंह। फोटो : युपी लामिछानेको फेसबुकबाट।[/caption]