नयाँ राष्ट्रपतिको उम्मेदवार छान्न नेकपा एमालेले स्थायी समिति बैठक डाकेको छ।
पार्टी सचिव योगेश भट्टराईका अनुसार बैठक मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।
बैठकले पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल गर्नेछ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आफू दोहोरिने इच्छा व्यक्त गरेकी छन् भने पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले पनि राष्ट्रपतिमा दाबी प्रस्तुत गरेका छन्।