अदालतको अवलेहना गरेको भन्दै कान्तिपुर दैनिकविरुद्ध परेको मुद्दामा अहिले बयान जारी छ।
सर्वोच्च अदालतका न्यायाधीशद्व डम्बरबहादुर शाही र बमकुमार श्रेष्ठको इजलासमा बयान भइरहेको छ।
बयान दिन कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा र संवाददाता कृष्ण ज्ञवालीले अदालत पुगेका छन्।
सो मुद्दामा आइतबार निर्देशक स्वस्तिका सिरोहियाले बयान दिएकी थिइन्।
बयान लिने क्रम सकिए आजै यो मुद्दामा बहस पनि सुरु हुने सम्भावना छ।
प्रधानन्यायाधीश गोपाल पराजुलीका बारेमा समाचार लेखेको भन्दै कान्तिपुरविरुद्ध अवहेलना मुद्दा परेको हो।