राष्ट्रपतिको उम्मेदवार छान्न सत्तारूढ दल नेकपा एमालेको स्थायी समिति बैठक सुरू भएको छ।
मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा केहीबेर अघि सुरू भएको स्थायी समितिको बैठकले कसलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भन्ने विषयमा सहमति गर्ने स्रोतले बताएको छ।
निर्वाचन आयोगले यही फागुन २९ गतेका लागि राष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ।
वाम गठबन्धनले राष्ट्रपति र उपराष्ट्रपतिमा साझा उम्मेदवार तय गर्नेछन् ।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः उम्मेदवार बनाउने या नयाँ उम्मेदवार खोजी गर्ने भन्नेमा विषयमा एमालेले टुंगो लगाउने छ। बैठकमा उम्मेदवार चयनसँगै एकता प्रक्रिया, सरकार विस्तारलगायत विषयमा पनि छलफल हुने पनि बताइएको छ।