उम्मेदवारी दर्ता गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आफैं जाने भएकी छन्।
राष्ट्रपतिका सल्लाहकार माधव शर्माका अनुसार उनी अपरान्ह १२ बजेतिर उम्मेदवारी दर्ताका लागि बानेश्वरस्थित संसद भवन पुग्नेछन्।
राष्ट्रपति भण्डारीको बानेश्वर जाँदा त्यो रुटमा सवारी साधन भने ‘डाइभर्ट’ नगरिने भएको छ।
अनौपचारिक कार्यक्रम भएकाले राष्ट्रपतिको आउँदा÷जाँदा सवारी नरोकिने ट्राफिक प्रहरीले जानकारी दिएको छ।
आज बिहान १० देखि दिउँसो २ बजेसम्म राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।
कांग्रेसले नेतृ लक्ष्मी राईलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ।
राष्ट्रपतिको चुनाव फागुन २९ गते हुँदैछ।