राष्ट्रपति विद्या भण्डारीले दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा उनले बुधबार संसद सचिवालय पुगेर दोस्रो पटक राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी हुन्।
मंगलबार मध्यरातसम्म बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले भण्डारीलाई पुनः राष्ट्रपतिमा दोहोर्याउने निर्णय गरेको थियो।