नेपाली कांग्रेसको तर्फबाट कुमारी लक्ष्मी राईले आगामी राष्ट्रपति निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् ।
संसद भवनस्थित निर्वाचन कार्यालय पुगेर बुधबार राईले उम्मेदवारी दर्ता गराएकी हुन्। उनको प्रस्तावकमा चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, सुरेन्द्र पाण्डे, देवेन्द्रराज कँडेल र पार्वती डीसी चौधरी छन् भने मेखलाल श्रेष्ठ राधा घले लगायत समर्थक छन् ।
लक्ष्मी कांग्रेस नेता दिवानसिंह राईकी छोरी हुन्। दिवानसिंह २०१५ सालमा सांसद निर्वाचित सांसद भएका थिए। उनी वीपी कोइराला सरकारमा सहायक मन्त्री बने। पञ्चायत कालमा दिवानसिंहको हत्या भएको थियो।
संयोगवस राई र राष्ट्रपति विद्यादेवी भण्डारी दुबैको गृहजिल्ला भोजपुर हो। गएराति एमाले स्थायी समिति बैठकले राष्ट्रपति भण्डारीलाई दोस्रो पटक उम्मेदवार बनाउने निर्णय गरेको थियो।