प्रमुख प्रतीपक्षी नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सभामुखको सालिन व्यक्तित्व र सन्तुलित व्यवहारले संसद र संसदीय पद्धतिको गरिमा अभिवृद्धि हुने विश्वासका साथ कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने बताए।
संसदको नायक निर्विवाद ढंगले चयन गर्न प्रतिपक्षी दलको समेत फरक प्रस्तुति नरहनु नयाँ संसदको नवीन यात्राका लागि सुखद प्रारम्भ हुने कांग्रेसको बुझाइ रहेको शर्माले बताए।
कांग्रेसले उम्मेदवारी नदिने भएपछि माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध सभामुख हुने भएका छन्।