प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा आज विश्वासको मत मागेका छन्।
संसदलाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री हुनका लागिमात्र नभई परिवर्तनका लागि प्रधानमन्त्री भएको बताएका छन्।
उनले प्रतीपक्षी नेपाली कांग्रेसले पनि आफ्नो पक्षमा मत दिन सक्ने बताए।
‘मेरो विगत र वर्तमान जे हेरे पनि अविश्वास गर्नु पर्ने कुनै कारण छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘प्रतीपक्षमा बसे पनि सरकारलाई समर्थन गर्न सकिन्छ। हाम्रै पार्टीले प्रदेश नम्बर दुईमा प्रतीपक्षमा बसेर पनि सरकारलाई विश्वासको मत दिएको छ।’
विश्वासको मतका विषयमा अहिले सांसदहरुले बोल्ने क्रम जारी छ।
प्रधानमन्त्री नियुक्त भएको २४ दिनपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन्।
https://www.facebook.com/setopati/videos/1806132909457274/