प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका एक सय दिनलाई वाच डगको रुपमा हेर्ने भएको छ। आईतबारको प्रतिनिधिसभाको बैठकमा बौल्दै प्रमुख प्रतिपक्षी दलका उपनेता विजयकुमार गच्छदारले सरकारका एक सय दिनलाई पार्टीले वाच डगको रुपमा हेर्ने बताएका हुन्।
संसदीय प्रजातन्त्रप्रतिको प्रतिवद्धता, स्थापित मुल्य मान्यता, संविधानले दिएको अधिकारलाई रक्षा गर्ने प्रतिवद्धता सहित सरकारलाई विश्वासको मत दिन प्रधानमन्त्री केपी ओलीले गरेको आग्रह सकारात्मक भए पनि आफूहरूले विपक्षमा मत हाल्ने र प्रतिपक्षीकै भूमिका निर्वाह गर्ने उनले स्पष्ट पारे। उनले सरकारले अवलम्बन गर्ने नीति तथा कार्यक्रमका गुण र दोषको आधारमा समर्थन र सहयोग गर्ने बताए।
राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासमा सफलता हासिल गर्न प्रधानमन्त्री ओलीलाई शुभकामना दिदै उनले प्रतिपक्षी विनाको संसद नहुने भएकाले आफूले जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्ने स्पष्ट पारे।