नेकपा एमालेले नेता गणेश तिमिल्सिनालाई राष्ट्रिय सभाको अध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको एमाले नेताहरुको बैठकले प्रदेश नम्बर ४ मा राष्ट्रिय सभा निर्वाचित तिमिल्सिनालाई राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको हो।
प्रमुख प्रतीपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी नदिने सम्भावना छ।
बुधबार चुनाव हुने राष्ट्रिय सभा अध्यक्षका लागि आज १ बजेसम्म उम्मेदवारी दिने कार्यतालिका छ।
एमालेको निर्णयसँगै तिमिल्सिना राष्ट्रिय सभा अध्यक्ष बन्ने निश्चित भएको छ। वाम गठबन्धनको भागबन्डामा राष्ट्रिय सभा अध्यक्ष एमालेको भागमा परेको थियो।