न्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘विद्रोह’ गरेर प्रधानन्यायाधीश गोपाल पराजुलीको बेन्च बहिष्कार गरेपछि सोमबार हुने भनिएको डाक्टर गोविन्द केसी कान्तिपुर दैनिकविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ।
पूर्ण इजलासमा रहेका न्यायाधीश राणाले सोमबार प्रधानन्यायाधीश पराजुली गत साउनमै अवकाश हुनु पर्नेमा अहिलेसम्म सेवामा रहेको भन्दै उनको बेन्च बहिष्कार गर्ने बताएका थिए।
न्यायाधीश जबराले बहिष्कार गरेपछि आइतबार ‘हेर्दाहेर्दै’मा टुंगिएको डाक्टर केसी र कान्तिपुरको मुद्दा आज स्थगित भएको हो।