कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई गोली हानेको आशंकामा प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' को पार्टीका ३ जना कार्यक्रतालाई गरेको छ।
सोमबार राति सुख्खड क्षेत्रबाट विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ३ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको कैलाली प्रहरी प्रमुख एसपी विनोद घिमिरेले सेतोपाटीलाई जानकारी दिए।
'घम्भीर प्रकृतीको घटना छ, अहिल्यै भनिहाल्ने अवस्था छैन, हामी अन्य केही व्यक्तिलाई पनि नियन्त्रणमा लिने प्रयासमा छौ,' एसपी घिमिरेले भने।
केही दिनअघि बोक्सीको आरोपमा यवतीमाथि भएको कुटपिटलाई मिलापत्र गराएको भन्दै विप्लव माओवादीले मेयर चौधरीलाई जनकारबाही गर्ने धम्की दिएको थियो।
सोमबार राति करिब सवा ८ चौधरीलाई अज्ञात समूहले घरभित्रै पसेर आक्रमण गरेको थियो। घाइते चौधरीको उपचार भइरहेको छ।