प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मतदान गरेका गठबन्धनका मतदाताका लागि चियापान गरेका छन्। ओलीले सातै प्रदेशबाट काठमाडौं आएका प्रदेश सभा सदस्य र संघीय संसदका सांसदलाई बाटुवाटारमा बिहान चियापान गराएका हुन्।
चियपानमा वाम गठबन्धनसँगै मधेस केन्द्रीत दलका झण्डै सात सय जना सहभागि रहेका थिए। प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाँइले सबै भेला भएको मौकामा प्रधानमन्त्रीले केही निर्देशन समेत दिन चियापान कार्यक्रम राखेको जानकारी दिए। प्रधानमन्त्री ओलीसँगै प्रचण्डले पनि सांसदहरलाई सुझाव र निर्देशन दिएका थिए।