प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा न्यायाधीशहरूबीच देखिएको विवादबारे बोलेका छन्।
बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले न्यायालय भगभग उम्लिरहेको बताएका छन्।
कतिलाई प्रधानमन्त्रीले न्यायालयबारे नबोले हुन्थ्यो भन्ने लागेको भन्दै उनले प्रधानमन्त्री एउटाले मात्र नबोलेर केही नहुने भन्दै न्यायालय भकभक उम्लिराखेको बताए।
‘अब के बोल्नु, के नबोल्नु? बोलेर के हुने, नबोलेर के हुने ? बेञ्च बसेको छैन। न्याय पाउँ भनेर गएका मान्छे तमासा हेरेर पुर्पुरोमा हात लगाएर फर्किराखेका छन्,’ ओलीले भने।
प्रधानन्यायाधीशको जन्ममिति विवादतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘प्रधानन्यायाधीश कहिले जन्मिएको देशले थाहा नपाउने। यो कुनै मल्ल युद्वको विषय हो? कुस्ती खेल्ने विषय हो?’
‘प्रमाणपत्र भनेको त जे साँचो हो त्यसको प्रमाण दिइन्छ र प्रमाणपत्र हुन्छ। एउटा प्रमाणपत्र, अर्को प्रमाणपत्र के गरेको यो?’, उनले हाँस्दै प्रश्न गरे।
अदालत, जहाँ मान्छेले आफ्नो आस्था अड्याउन चाहन्छन्, त्यहाँ बडो विचित्रको स्थिति देखिएको भन्दै उनले यो अहिलेको सरकारलाई सैहृय नहुने चेतावनी दिए। संविधान र कानुनको वर्खिलाप जाने र एकअर्कालाई उपयोग गर्ने सिद्धान्त सरकारलाई स्वीकार्य नहुने उनले दाबी गरे।
https://www.youtube.com/watch?v=ag_BIJ8nRkc&feature=youtu.be