नेपाली कांग्रेसले सांसद पुष्पा भुषाललाई उपसभामुखको उम्मेदवार बनाएको छ। भुषालले संसद भवन बानेश्वरमा उम्मेदवारी दर्ता गरेकी छन्।
संसद सचिवालयले उपभामुख चयनका लागि शुक्रबार मतदानको कार्यक्रम राखेको छ। उनी कानुन व्यवसायी समेत हुन्। उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छिन्।
सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने प्रावधान भएकाले वाम गठबन्धनले उम्मेद्वारी दिन नहुने धारणा कांग्रेस नेताहरुले राखेका छन्।