प्रतिनिधि सभाको उपसभामुखमा नेकपा एमाले र नेपाली कांग्रेसकी दुई नेतृले उम्मेदवारी दिएका छन्।
नेपाली कांग्रेसले सांसद पुष्पा भुषाललाई उपसभामुखको उम्मेदवार बनाएको छ। भुषालले संसद भवन बानेश्वरमा उम्मेदवारी दर्ता गरेकी छन्।
संसद सचिवालयले उपभामुख चयनका लागि शुक्रबार मतदानको कार्यक्रम राखेको छ। उनी कानुन व्यवसायी समेत हुन्। उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छिन्।
नेकपा एमालेले शिवमाया तुम्बाहाम्फेले उपसभामुखमा उम्मेद्वार बनाएको छ। एमालेले बिहान १२ बजेसम्म उम्मेद्वारको टुङ्गो लगाएको थिएन।
अन्तिम समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले तुम्बाहाम्फेलाई उम्मेद्वार बनाउने निर्णय गरेका थिए।
संसद भवन पुगेर तुम्बाहाम्फेको मनोनयन दर्ता गराएकी छन्।
उपसभामुखका लागि शुक्रबार चुनाव हुँदैछ।