राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पद तथा गोपनियताको सपथ खुवाएकी छिन्। राष्ट्रपति भण्डारीले शितल निवासमा तिमिल्सिनालाई सपथ खुवाएकी हुन्।
सपथ लगत्तै सिंहदरबार स्थित संघीय संसद सचिवालय पुगेर उनले पदभार ग्रहण गरेका छन्। तिमिल्सिनाले पदभार ग्रहणका क्रममा राष्ट्रिय सभाका सांसदहरुको परिचयात्मक पुस्तक प्रकाशित गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।
तिमिल्सिनाको सपथ ग्रहणमा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी पनि सहभागि भएका थिए। बुधबार राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीसँग सपथ लिएकी थिइन्। पराजुलीले आजै राष्ट्रपतिलाई राजीनामा दिएका हुन्।