युएस–बंगला विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा प्रतिनिधि सभाले शोक प्रस्ताव पारित गरेको छ।
शुक्रबार बसेको संसद बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति समवेदना प्रकट गरे।
उनले दुर्घटनाबारे छानबिन गर्न समिति बनिसकेको र समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले काम गर्ने बताए।
प्रधानमन्त्रीले बोलिसकेपछि मृतकको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो।
फागुन २८ गते बंगलादेशको राजधानी ढाकाबाट आएको युएस बंगला एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो।
विमानमा आगलागीमा परी ५१ जनाको ज्यान गएको थियो।